काठमाडौं : माछापोखरी ठेक्का, शैक्षिक सामग्री र मोटरसाइकल खरिदमा अनियमितता गरेको आरोपमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष ०७४/७५ का लागि गाउँपालिकामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानको २० लाख ७५ हजार रूपैयाँ सरकारलाई हानी पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।
भ्रष्टाचारको मुद्दामा अख्तियारले ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट रावल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, तत्कालीन कृषि शाखा प्रमुख सुबोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटलाई प्रतिवादी बनाएको छ।
प्रत्येक प्रतिवादीलाई नोक्सान पुर्याएको रकम बराबरको बिगो कायम गरी असुलउपर गर्न र कैद सजायको माग गरिएको छ।
यस्तै, काठमाडौं डिल्लीबजारस्थित भूमिसुधार तथा मालपोत कार्यालयका सहयोगी होमनाथ खतिवडाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय रूपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका उनीविरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
तीमध्ये २ लाख ६१ हजार रूपैयाँको स्रोत खुलाउन नसकेको र सेवाग्राहीबाट लिएको थप ५ हजार घुस रकम बराबरको बिगो कायम गरी जफत गर्न र कैद सजायको माग अख्तियारले गरेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam