काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) को कोषाध्यक्षमा निर्वाचित भएका छन्। सन् २०२२–२४ कार्यकालको निम्ति कोषाध्यक्षमा उनी पुनm निर्वाचित भएका हुन् ।
भदौ अन्तिममा सम्पन्न वार्षिक साधारणसभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका चौरासिया कात्तिक २२ गते बसेको कार्यसमितिको बैठकबाट कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्।
यसअघि उनी २०१८–२० कार्यकालको निम्ति क्यान महासंघबाट प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएका थिए भने २०२०– २२ कार्यकालमा कोषाध्यक्ष नै थिए।
चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए। विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्साले विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारमा ९० प्रतिशत प्रतिनिधित्व गर्छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam