ताप्लेजुङमा अटोरिक्सा दुर्घटना : दुई जनाको ज्यान गयो
ताप्लेजुङ – ताप्लेजुङमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
अटोरिक्सा दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुदाँ पाथीभरा याङ्वर गाउँपालिका वडा नम्बर–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उहाँका नाती फुङलिङ–८ दोखुका ११ वर्षका इशान गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सदरमुकाम फुङलिङ नगरपालिका वडा नम्बर–८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३ ह ३९०० नम्बरको अटोरिक्सा दुर्घटना भएको हो ।
प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलास राईका अनुसार उनीहरु उपचारका लागि काठमाण्डौ हिँडेका थिए । घाइते अटो चालक गङ्गाराम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam