बायोकल ‘डी’ र एसभीट औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाण्डाै – बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल–डी र एसभीट औषधि गुणस्तरहीन पाइएको छ ।

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो ।

विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । साथै विभागले सूचना निकालेर बजारमा उपलब्ध गुणस्तरहीन औषधि प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP