काठमाडौं : प्रतिनिधिसभातर्फ सुनसरी ४ को मतगणना अझै सुरु हुन सकेको छैन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि शनिबारदेखि गणना रोकिएको हो।
कार्कीले मतगणनामा एमालेले धाँधली गरेको आरोप लगाएका छन्। आयोगकै मिलेमतोमा ६ मत एमाले उम्मेदवारको पक्षमा जोडेको आरोप लगाउँदै उनले पुनः मतगणनाको मागसहित निवेदन दिएका छन्।
कार्कीले २३ हजार ४३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार ३४१ मत पाएका छन्। कार्की कुसियतभन्दा ९८ मत अगाडि छन्।
एमाले उम्मेदवार कुसियतले कार्की आफूले हार्ने निश्चित भएपछि गणना अवरुद्ध पारेर बखेडा झिकेको बताउँछन्। मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर छ।
एमाले उम्मेदवार कुसियतले बाँकी रहेको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए। ‘मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुरु गरौं । तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाइ के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर गणना गरौं भन्ने उहाँको जिकिर हो,’ उनले भने ।
यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारबीच सहमति जुटाएर गणना सुरु गराउन पहल भइरहेको जनाएको छ। सुनसरी ४ मा ८१ हजार दुई सय ३३ मत खसेको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam