मतगणना भइरहेका तीन वटा क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि

काठमाण्डाै – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना चलिरहेको छ । गणना भइरहेका तीन क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु भएको हो । पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याउनुभएको छ ।

दोलखामा पनि मतगणना सुरु भएको छ । प्रारम्भिक विवरण अनुसार माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीले १ हजार ३५३ मतसहित अग्रता लिनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका बालकृष्ण सिवाकोटीले ७३६ मत प्राप्त गर्नुभएको छ ।

दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । 

यस्तै स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको ११ हजार ९२० र एमालेका पद्माकुमारी अर्यालको ९ हजार ५०२ मत रहेको छ ।

स्वतन्त्र उम्मेदवार टिकराज गुरुङले ५ हजार १९२ मत ल्याउनुभएको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP