धनकुटा : एक पुरुषको शव शुक्रबार बिहान साँगुरीगढी गाउँपालिकामा फेला परेको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारमा ४० वर्षीय राजकुमार मगरको शव शुक्रबार बिहान फेला परेको धनकुटा प्रहरीले जनाएको छ।
भेडेटार रवि राँके सडकमा काम गरिरहेका मगरको शव फेला परेको धनकुटाका प्रहरी प्रबत्ता डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।
मगरको मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ। घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको कुँवरको भनाइ छ। मृतकको नाम खुलेपनि ठेगाना खुल्न बाँकी रहेको उनको भनाइ छ।
मृतक मगर राष्ट्रिय गौरवको आयोजना भेडेटार रवि राँके सडक विस्तार भइरहेका ठाउँमा मजदुरको रुपमा कार्यरत रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam