गुजरात बाट घर फर्किने क्रममा एक नेपालीको मृत्यु
कपिलवस्तु
भारतको बाट नेपाल फर्कनेक्रममा एक नेपालीको मृत्यु भएको छ । शनिबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका– ९ का ३५ वर्षीय कृष्ण बहादुर गैरेको मृत्यु भएको प्रजिअ दृघ नारयण पौडेलले बताए । उनले बाटोमा साथीहरुसंग खाना खाएपछि वान्ता गरेका थिए ।
आगरा पुगे पछि मृतकले छाती दुखेको साथीहरुलाई बताए पछि लखनउ अस्पतालमा लैजानेक्रममा उनको बाटामै मृत्यु भएको प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए । दुई वटा बसमा कुल ९८ जना यात्री थिए । मृतकसहित ती सबैलाई कृष्णगर ल्याईएको छ । त्यसबारे सम्बन्धित पालिका र परिवारलदाई समेत जानकारी रगराईएको प्रहरी उपरिक्षक जबराले बताए ।
मृतक गैरे उच्च रक्तचापका बिरामी थिए । मापसे समेत गरेको प्रहरीले जनाएको छ । मृतक र उनीसंग सपर्कमा रहेका १० जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालकका कोरोना फोकलपर्सन कुमार थापाले बताए । मृतकको शवलाई उनको घरमा एम्बुलेन्स मार्फत पुर्याउने तैयारी भइ रहेको प्रहरी उपरिक्षक दीप शमसेर जबराले बताए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


