बाणगंगाको लापरवाही : पिपरा अस्पतालमा छैन औषधी, बिरामीको दैनिक घुंईचो
हरि आचार्य, जितपुर
कपिलवस्तुको बाणगंगामा रहेको पिपरा अस्पताल पछिल्लो समय आफै थला परेको छ । बिरामीको उपचार गरी निको पार्न खोलिएको अस्पताल हाल औषधी अभावले गर्दा रिफर सेन्टर जस्तै बनेको हो ।
लुम्बिनी दर्पणकर्मी नै अस्पताल पुग्दा सिटामोल समेत नरहेको पाइएको छ । डेँगुका संक्रमितहरु समेत डेंगु किट नहुँदा उपचारबाट बञ्चित भएको पाइएको छ । बृद्धबृद्धाले दैनिक सेवन गर्ने दम र खोकीको औषधी समेत नहुँदा निराश भएर फर्किनुपरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ का धनबीर पौडेलले आफू पटक पटक दमको औषधी लिन आउँदा समेत नपाएको गुनासो गरे ।
यता अस्पतालमा सेवा लिन पुग्ने बिरामीको भने दैनिक घुइचो लाग्ने गरेको छ । यतिबेला मौसम परिवर्तन सँगै विभिन्न भाइरलका बिरामीहरु बढेको अस्पतालका चिकित्सक चोपकान्त न्यौपानेले यतिबेला भाइरलका बिरामीहरु बढेको बताए ।
यस्तै औषधी अभावका विषयमा बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले औषधी खरिदका लागि टेण्डर भएको भन्दै अब केही दिनमा औषधी आउने दाबी गरेका छन् । सामान्य औषधी उपलब्ध रहेको जिकिर छ । तर अस्पतालमा पुग्ने बिरामीहरुले भने आफूहरु औषधी समेत नपाएको गुनासो गर्छन् ।
यस्तै पिपरा अस्पतालका व्यवस्थापक सन्तोष थारुले औषधी खरिदका लागि दुई महिना अघि नै टेण्डर भएको बताए । उनका अनुसार सिटामोलको अभाव नरहेको दाबी छ ।
औषधी जस्तो विषयमा अस्पतालले समयमै ध्यान नदिदा बिरामीहरु आक्रोशित हुदै फर्किने गरेका छन् ।
यसैबिच पिपरा अस्पतालमा औषधी अभावका कारण स्वास्थ्य बिमा समेत प्रभावकारी नभएको पाइएको छ । स्वास्थ्य बिमा गराएका बिमितहरु सामान्य उपचारका लागि समेत अस्पतालले रिफर गर्ने गरेको छ ।
सरकारले जन स्वास्थ्यमा पहुच र सामाजिक सुरक्षा सहज तुल्याउने उदेश्य राखेर २०७२ साल चैत्र देखि स्वास्थ्य बीमा कार्यक्रम विभिन्न जिल्लामा सुरु गरेको थियो । स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि हाल सम्म धेरै नागरिकले स्वास्थ्य बीमा गरेका छन् । सरकारले पनि सबै व्यक्ति स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने लक्ष्य राखेको छ । सबै जिल्लामा कार्यक्रम पुर्याउने नेपाल सरकारको उद्देश्य छ । सोही उद्देश्य अनसार २०७५ साल जेठ महिना देखि कपिलवस्तु जिल्लाको पिपरा अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको थियो । तर स्वास्थ्य बिमाको पनि प्रभावकारी उपचार हुन नसक्दा अधिकाशं बिरामीहरु पिपरा अस्पतालबाट रिफर कार्ड बनाएर जिल्ला बाहिर जाने गरेका छन् ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam