पाकिस्तान जलवायु परिवर्तनको खराब अवस्था सामना गर्ने सबैभन्दा कमजोर देश

एजेन्सी । पाकिस्तानले यस वर्षको विनाशकारी बाढी/पहिरोका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सानी ब्यहोरेको छ ।

यो क्षति देशको कुल ग्रार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले बताउनुभएको छ । पाकिस्तान जलवायु परिवर्तनको खराब अवस्था सामना गर्ने सबैभन्दा कमजोर देश समेत रहेको छ ।

पाकिस्तानले जलवायु परिवर्तनको चुनौती र बाढी/पहिरोबाट उत्पन्न समस्यालाई समाधान खोज्न अन्तर्राष्ट्रिय समुदाय र परोपकारी संस्थालाई सहयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको छ ।

विभिन्न निकाय तथा सामाजिक सहयोगबाट सरकारले पछिल्लो विपत्तिबाट उत्पन्न सङ्कट बिस्तारै समाधान उन्मुख बन्दै गएको मन्त्री इकबालले बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP