काठमाडौं : रुसले युक्रेनमा आक्रमण बढाएको छ। पछिल्लोपटक दक्षिणी–पूर्वी युक्रेनका विभिन्न सहरमा रुसले मिसाइलको वर्षा गराएको अधिकारीहरुले जनाएका छन्।
हिजो रुसका दुई सैन्य हवाई अड्डामा विस्फोटका घटना भएपछि रुसी सैनिकले युक्रेनमा आक्रमण बढाएको हो।
हवाई अड्डामा भएको विस्फोटमा युक्रेनको संलग्नता भएको रुसको आरोप छ। त्यसको बदलामा रुसले विभिन्न ठाउँमा झण्डै डेढ सय मिसाइल खसालेको युक्रेनी अधिकारीको दाबी छ।
आक्रमणमा कम्तीमा ४ जना सर्वसाधारणको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए। उनले झण्डै ७० मिसाइल आफ्नो सेनाले खसालिदिएको बताए। रुसले गरेको मिसाइल आक्रमणले दक्षिणपूर्वी सहरका विभिन्न ठाउँमा ऊर्जा प्रणाली नष्ट भएको छ।
युक्रेनमा तापक्रम माइनसतर्फ झरिरहेको अवस्थामा विद्युत सेवा बन्द हुँदा जनजीवन प्रभावित भएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam