भारतले महाकाली नदीमा बाँध निर्माणकाे काम तत्कालका लागि राेक्यो
दार्चुला – दार्चुलाको महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धकाे काम तत्कालका लागि रोकेको छ । स्थानीयवासीको निरन्तर आक्रोशपछि नदीको बहाव नेपालतिर धकेल्ने विवादित संरचना निर्माणकाे काम तत्कालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दुवै देशका अधिकारीको छलफलमा भारतीय पक्षले अहिलेलाई संरचना निर्माणकाे काम रोक्न तयार भएको जनाएको छ । भारतीय पक्षबाट पटक–पटक महाकालीको बहाव नेपालतर्फ धकेलेर खलङ्गा बजार बगाउन खोजिएको स्थानीयवासीको गुनासो छ ।
भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले हिजाे सोमवार यसबारे छलफल गरेका थिए । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर मात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मौखिक सहमति भएको हो । विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौँ । बाँकी क्षेत्रमा उहाँहरूको काम जारी छ।’
थप यो बारेमा भोलि बुधवार दुवै देशका अधिकारीबीच बैठक बस्ने जानकारी प्रमुख जिल्ला अधिकारी उपाध्यायले दिनुभएकाे छ । तर मौखिकरूपमा जानकारी आए पनि लिखित जानकारी नआएको बताइएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam