पाेर्चुगल पठाइदिन्छु भन्दै ४ जनाबाट २७ लाख रुपैयाँ ठग्ने व्यक्ति पक्राउ
काठमाण्डाै – पोर्चुगल पठाइदिन्छु भन्दै चार जनाबाट २७ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
उमेश अधिकारीसहित चार जनालाई पोर्चुगल पठाउने र मासिक एक लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारि ठगी गर्ने झापाको कन्काई नगरपालिका ७ घर भइ भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई महाशाखाले पक्राउ गरेको हो । उनले पोर्चुगल जान प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने बताउँदै आएका थिए ।
२७ लाख रुपैयाँ लिएर फरार भएका आचार्यलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेपछि गठ्ठाघरबाट पक्राउ गरि थप अनुसन्धान तथा कारबाहीका लागि विभागमै पठाइएको प्रहरीले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam