काठमाडौं : नेपालमा स्वास्थ्यका केही सूचकमा उल्लेख्य सुधार आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सार्वजनिक गरेको छैटौँ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले स्वास्थ्यका केही प्रमुख सूचकमा उल्लेख्य सुधार आएको हो। विगत २५ वर्षयता मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणको परिणामले जोड दिएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रारम्भिक विवरणअनुसार हाल नेपालका महिलाले औसतमा करिब दुई सन्तान जन्माउँछन्। विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ। सन् १९९६ मा एक महिलाले ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा उक्त दर २.१ मा झरेको छ ।
नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा उल्लेखनीय कमी भएको छ। सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाको प्रति १,००० जीवित जन्ममा ११६ को मृत्यु हुने गरेको थियो भने उक्त मृत्युदर तुलनात्मक रूपमा घटेर हालप्रति १,००० जीवित जन्ममा ३३ हुन आएको छ। यसको अर्थ नेपालमा प्रत्येक ३० जीवित जन्ममा लगभग १ बच्चा आफ्नो पाँचौं जन्मदिनसम्म जीवित रहँदैनन्।
त्यसैगरी नेपालमा नवजात मृत्युदर पछिल्लो दशकमा प्रति १,००० जीवित जन्ममा २१ मा स्थिर छ।
यस्तै नेपालमा हाल गर्भवती सेवा कभरेज सुधारोन्मुख हुँदै गएको छ। १० मध्ये ९ भन्दा बढी महिलाले दक्ष सेवा प्रदायक जस्तैः डाक्टर, नर्स वा अ.न.मी. बाट गर्भवती सेवा पाइरहेका छन्, जुन सन् १९९६ मा ४ मध्ये १ महिलाले मात्र पाएको गर्भवती सेवाको तुलनामा उल्लेखनीय वृद्धि रहेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण अधिकारीले बताएका छन्।
त्यसैगरी १० मध्ये ८ महिलाले चार वा त्योभन्दा बढी पटक गर्भवती सेवा लिइरहेका छन्, जुन बीस वर्षअघि १० मध्ये १ महिलाले मात्रै सेवा लिन्थे। सन् १९९६ मा ८४ जना बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam