काठमाडौं : भक्तपुरको सूर्यविनायक–१,घतालेस्थित सुवाल इन्टरनेशनल कलेजका विद्यार्थीहरू आन्दोलन भएका छन्।
मंगलवार उनीहरूले सरकारसँग अनुमति नलिई कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गरेर ठगी गरेको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
हाम्रा माग पूरा गर लगायत नारा लेखिएका प्लाकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका थिए। कलेज सञ्चालकलाई कडा कानुनी कारबाही गरी सबै शुल्क फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।
कलेजले सम्बन्धित निकायको सम्बन्धनबिना शैक्षिक कार्यक्रम सञ्चालन गरेको पाइएपछि प्रहरीले कलेज सञ्चालक प्रकाश सुवाललाई पक्राउ गरिसकेको छ भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कलेजमा ताला लगाएको छ। प्रहरीका अनुसार उक्त कलेजमा करिब ३ सय विद्यार्थी अध्ययनरत थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam