काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)का उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गराउने तालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की अध्यक्ष सुनिता बरालको टोलीले त्रिविमा निर्वाचनको मिति घोषणा गर्न बुझाएको ज्ञापनपत्र लिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले निर्वाचनको मिति घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउनुपर्ने उनीहरूको माग छ।
ज्ञापनपत्र लिँदै बास्काेटाले भने, ‘स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक हुन्छ। निर्वाचनका लागि तयार रहनु।’ अध्यक्ष बरालले विश्वविद्यालय स्ववियुविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिँदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिएकी थिइन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam