नाइजेरियामा हैजाको प्रकोप : कम्तीमा २० जनाको ज्यान गयो
एजेन्सी । नाइजेरियामा हैजाको प्रकोप फैलिएको छ । पछिल्लो महिना फैलिएको हैजाका कारण सयौँ नागरिक उपचारका लागि अस्पताल भर्ना भएका र कम्तीमा २० जनाको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
बिरामीको विशेषज्ञ सेवासहित उपचार भइरहेको छ । दक्षिणी क्रस रिभर राज्यका १० वटा गाउँमा हैजाको प्रकोप बढी फैलिएको छ । सरकारले हैजा प्रभावित क्षेत्रमा सफा पानी र सरसफाइका कामलाई तीव्रता दिएको छ ।
के कारणले हैजाको प्रकोप फैलियो भन्ने बारेमा अनुसन्धान थालिएको नाइजेरियाको सरकारले जनाएको छ । नाइजेरियामा खानेपानी, सरसफाइ तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam