काठमाडौं : संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक मगलबार पनि बस्दैछ।
सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेकोे सह–महामन्त्री जीवन परियारले जानकारी दिए। संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन्।
दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन्। दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो।
अहिले बिहान ८ बजे काठमाडौंको एक होटेलमा पुनः छलफलको तयारी गरिएको छ । दुई जनाबाट एक जनालाई उम्मेदवारी बनाउने गरी तयारीमा जुटेको सहमहामन्त्री परियारले बताए।
कोइराला पार्टीको १४औँ महाधिवेशनमा इतर पक्षबाट सभापतिका उम्मेदवार थिए। उनी पराजित हुँदा त्यही प्यानलबाट थापाले महामन्त्रीचुनिएका थिए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam