काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुनेछ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो।
आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ। बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो । कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ। कांग्रेसले ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दैछन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam