काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरका मालिक इलन मस्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका छन्।
आज बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन्।
यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए।
आफ्ना १२ करोड २० लाख फलोअर्स माझ यस्तो प्रश्न तेर्स्याउँदै मस्कले मत सर्वेक्षणबाट आउने परिणामलाई पालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। उक्त मत सर्वेक्षणमा १ करोड ७५ लाख २ हजार ३ सय ९१ लाखले मतदान गरेका छन्। तीमध्ये ५७ प्रतिशतले राजीनामा दिनुपर्छ भन्ने पक्षमा र ४३ प्रतिशतले पर्दैन भन्ने पक्षमा मतदान गरेका थिए। आफ्ना फलोअर्सको आग्रहलाई आफूले स्वीकार गरेको पनि मस्कले उल्लेख गरेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam