काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो मात्र गर्ने नभई समस्याको समाधान पनि खोज्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरूले समस्याको गुनासो मात्र गर्ने नभईकन समाधान गर्न के
गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताएका हुन्। उनले युवावर्ग निन्दक नभईकन आलोचक बन्नुपर्ने बताए।

उनले युवाहरू थाहा नै नपाईकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने जिकिर गरे। उनले युवाहरू आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए।

‘हामी कहिलेकाहीँ थाहा नपाईकन क्रिटिकल भयौँ भनेर भन्दाभन्दै योङ मान्छेहरू थाहै नपाईकन सिनिकल हुन्छौँ। निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुन्छ। तर आलोचक बन्दा बन्दै थाहै नपाईकन हामी निन्दक बनिसकेका हुन्छौँ। क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो।’

उनले भने, ‘शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो। त्यो
ठूलो स्ट्रेन्थ बन्छ। तर तपाईँ सिनिकल हुनुभयो भने तपाईँको सबैभन्दा ठूलो कमजोरी बन्छ। जीवनभर गुनासो मात्रै गर्नुभयो भने जीवन गुनासोमा नै सकिन्छ।’

महामन्त्री थापाले निन्दक बन्नु युवाहरूका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने बताए। उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP