काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बिदाइ हुँदै आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयको जिम्मेवारीबाट बिदाइ हुँदै पौडेलले आफ्नो कार्यकालमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका हुन्। 

उनको प्रतिवेदनमा १५ वर्षे दीर्घकालीन लक्ष्यसहितको शिक्षाको सोचपत्र २०७९ जारी गरेको उल्लेख छ। त्यसैगरी आर्थिक वर्ष २०७८।०७९ मा थप २० स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार गरी कुल ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्‍याइएको प्रतिवेदनमा उल्लेख छ।

‘सूदूरपश्चिम प्रदेशमा विश्वविद्यालयको मेडिकल कलेज स्थापनका लागि गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन,२०७९ जारी भएको छ। मकवानपुर जिल्लाको चित्लाङमा विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा छ’, उनले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ।

उनले २०७८ असोज २२ मा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

TOP