नयाँ सरकारको साझा न्यूनतम कार्यक्रम कुर्दै भीम रावल, कम्युनिस्ट एकताबारे ‘नो कमेन्ट’
धनगढी : पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता डा भीम रावलले नयाँ सरकार निर्माणको विषयलाई नियालिरहेको बताएका छन्। बुधबार रावलले यस्तो बताएका हुन्।
एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावलले आफू अहिले नयाँ सरकार गठनको प्रक्रियालाई वाच गरिरहेको बताए। उनले भने, ‘अहिले म यो सरकार गठनको सबै कुरा हेर्दै छु। सबै घटना र दृश्य, परिदृश्य वाच गरिरहेको छु’, उनले थपे, ‘अहिलेलाई यत्ति गरौं। मैले यो नयाँ (साझा) सरकारको न्यूनतम साझा कार्यक्रम हेर्छु। म त्यसलाई नै पर्खिरहेको छु।’
आफूले सरकार निर्माणको गठजोड र त्यसका राजनीतिक पटाक्षेपहरूमा चासो नराखेको रावलको जिकिर छ।
यस्तै कम्युनिस्ट एकताको फेरि पनि चर्चा हुन थालेको छ यसबारे के भन्नुहुन्छ ? भन्ने थाहाखबरको प्रश्नमा भने रावलले कुनै प्रतिक्रिया जनाएनन्। उनले कम्युनिस्ट एकताको चर्चाबारे आफ्नो कमेन्ट नै नरहेको जनाउँदै आफू यसबारे पछि बोल्ने बताए।
तत्कालीन नेकपा विभाजनपछि छिन्नभिन्न भएका कम्युनिस्टहरू फेरि एक हुने भन्दै चर्चा थालिएको छ। तत्कालीन नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले गठबन्धन तोडेर एमालेसँग सहमति गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकारको प्रधानमन्त्री बनेपछि एकताको संकेत देखिएको हो। उसो त प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ। तर, फेरि एमाले, माओवादी लगायतका कम्युनिस्ट शक्तिहरूबीच एकताको सम्भावना रहेको नेताहरू बताउँछन्।
माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि कम्युनिस्ट एकताको लागि सकरात्मक देखिन्छ। नेपालसँग एमालेका दोस्रो तहका नेताहरूले यसबारे छलफल समेत गरिरहेका छन्। नेकपा विभाजनपछि कम्युनिस्टहरू एकीकृत हुनुपर्छ भन्दै आफूले भूमिका खेलेको दाबी गर्ने रावल भने अहिले यस विषयमा मौनजस्तै भएका हुन्।
२०७८ मंसिरमा चितवनमा भएको नेकपा (एमाले) को १० औँ महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका रावल पछिल्लो समय नेपाली राजनीतिमा निष्क्रियसमेत बनेका छन्। ओलीसँग अध्यक्षमा पराजित भएका रावलले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर–२ बाट चुनाव लड्न चाहेका थिए।
तर, एमालेको क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले समेत प्रतिनिधिसभा उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका रावलले टिकट नै पाएनन्। ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए। त्यहाँ रावलको टिकट खोसेर पूर्व माओवादी खेमाका अर्का नेतालाई उम्मेदवार बनाइएको थियो। त्यसपछि एमालेमै बसेर ओलीविरुद्ध संघर्ष गर्ने घोषणा गरेका रावल पार्टी र राजनीतिमा बिस्तारै निष्क्रिय बन्दै गएका हुन्। तर, उनले बेला बेला राजनीतिक तथा सामाजिक विषयवस्तु र मुद्दाहरूमा संचारमाध्यम तथा सामाजिक संजालमा टिप्पणी जनाइरहन्छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam