प्रहरीले नेता र कूटनीतिक व्यक्तिलाई भेटे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
काठमाडौँ : गृह मन्त्रालयले प्रहरीले कर्तव्यपालनको सिलसिलामा बाहेक अन्य समय नेता वा कूटनीतिक नियोगका कर्मचारीलाई भेटे कारबाही गर्ने चेतावनी दिएको छ।
बिहीवार विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षानिकायको रहेको भन्दै भेट्नै परे स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र गर्न/गराउन तथा त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन भनेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कतिपय पदाधिकारी कर्तव्यपालनको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र गर्नु/गराउनुहुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउनुहुन अनुरोध छ।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam