नागरिककोे सेवा प्रवाहमा प्रहरीलाई अब थप उर्जा मिल्छः प्र.न. महानिरीक्षक उपाध्याय

शिवराज अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्यायले एक प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नयाँ भवन निर्माणसँगै आम नागरिकलाई दिने सेवा प्रवाहमा प्रहरीलाई थप उर्जा र हौसला मिल्ने बताएका छन् ।

उनले हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने बताउँदै प्रहरीको गाँस बास र कपासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जिकिर गरे । उपाध्यायले विजयनगर गाउँपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गणेशपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले आइतबार यस्तो बताएका हुन् । नवनिर्मित भवन सबैको साझा सम्पत्ती भएकाले यसको संरक्षण र सम्वद्र्धन गर्न सरोकारवालाहरुलाई अनुरोधसमेत गरे ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले नेपाल प्रहरीलाई भौतिक रुपमा समृद्ध बनाउने उद्धेश्य अनुरुप नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित भवनले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहज हुने बताए । उनले नागरिकलाई थप उत्कृष्ट सेवा प्रवाह गर्ने उत्तरदायित्व आफुहरु माझ आएको बताउँदै अझ प्रभावकारी रुपमा सेवा टेवा पुग्ने बताए ।

यसैगरी विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भए मात्र सयौँ नागरिक सुरक्षित हुने बताइन् । उनले हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरिन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेम बाहादुर बस्नेतले प्रहरीको कार्यक्षेत्रमा हौसलाका साथ प्रहरी चुस्तदुरुस्त भई नागरिकको सुरक्षामा खटिनुपर्ने बताए । उनले नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।

नवनिर्मित भवन लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट २ करोड ३६ लाख ४४ हजार २ सय ४२ रुपैयाँको लागतमा साढे २ तल्ले कार्यालय भवन निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

कार्यक्रममा शम्शेर दल गण गोरुसिंगेका प्रमुख सेनानी दिलप घले, सशस्त्र प्रहरी बल नेपाल नं. २८ हडेक्वाटर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन वलि, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तुका उप– अनुसन्धान निर्देशक मोहन बाहादुर कुवर, स्थानीय जनप्रतिनिधिहरू, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत उपस्थिति रहेको थियो ।

TOP