मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन चालकविरुद्ध मुद्दा दर्ता
काठमाडौं– ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालकविरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी साधन चलाउने तीन चालकलाई पक्राउ गरी आइतबार अभद्र व्यवहारमा मुद्दा चलाएको हो।
मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना१ज ६६२४ नम्बरको भाडाका सुमो चालक २४ वर्षीय मनोज रुम्बा, नागढुङ्गाबाट पक्राउ परेका ना२ख ८२१५ नम्बरका ट्रक चालक ३९ वर्षीय शैलेन्दै लोधर र भक्तपुरको कमलविनायकबाट पक्राउ परेका ना४ख ५१२ नम्बरका टिपरको चालक २४ वर्षीय नवीन मिजार रहेका छन्।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले मापसे सेवन गरी सवारी साधन चलाउने र ट्राफिकलाई अभद्र व्यवहार गरेकाले उनीहरूलाई मुद्दा चलाइएको जानकारी दिए।
पक्राउ परेकामध्ये रुम्बालाई प्रहरी वृत्त कीर्तिपुरबाट चार दिनको म्याद थप, लोधरलाई प्रहरी वृत्त थानकोटबाट सात दिनको म्याद थप र मिजारलाई प्रहरी वृत्त जगातीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता भट्टले बताए।
पछिल्लो समय ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई तीव्रतासमेत दिएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam