निष्क्रिय सामुदायिक सिकाइ केन्द्रका समिति विघटन गरी नयाँ गठन गर्न निर्देशन
काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निष्क्रिय रहेका सामुदायिक सिकाइ केन्द्रहरूको व्यवस्थापन समिति विघटन गरी अर्को व्यवस्थापन समिति गठन गर्न सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
स्रोत विकास केन्द्रले मंगलबार सूचना जारी गर्दै नयाँ समिति गठन गरी सक्रिय रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
विकास केन्द्रले उत्कृष्ट कार्यसम्पादन भएका सामुदायिक सिकाइ केन्द्रहरूलाई नमुना सामुदायिक सिकाइ केन्द्रको रूपमा विकास गर्ने र त्यसको जानकारी मानव स्रोत विकास केन्द्रमा पठाउने व्यवस्था मिलाउनु पनि भनेको छ।
यसैगरी सामुदायिक केन्द्रहरूलाई आफ्नो सेवा क्षेत्रका शैक्षिक, सांस्कृतिक, प्राकृतिक, आर्थिक, वित्तीय विवरणका सूचना तथ्यांकहरूको अभिलेख राख्न लगाउनुपर्ने पनि विकास केन्द्रले भनेको छ। साक्षरता, निरन्तर शिक्षा तथा जीवन पर्यन्त शिक्षासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन तथा व्यवस्थापनमा सामुदायिक सिकाइ केन्द्रको विशेष योगदान रहने गर्छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam