सुदूरपश्चिम सभामुख चयनको निर्वाचन मिति फेरियो, अब २८ गते हुने
धनगढी : सुदूरपश्चिममा सभामुख चयनका लागि २८ गते निर्वाचन हुने भएको छ। यसअघि माघ २ गते निर्वाचन हुने भनिएकोमा त्यस दिन उपसभामुखको निर्वाचन हुने र २८ गते सभामुखको निर्वाचन हुने बताइएको छ।
सोमबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकबाट ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशनसमेत दिएका छन्।
उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई जानकारी समेत गराए।
नेपालको संविधान १८१ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियमित ७ बमोजिम सभामुखको निर्वाचनका लागि पुस २८ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको हो।
यस्तै प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेशसभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्वसम्मतले स्वीकृत गरेको छ। पहिलो बैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदानप्रदान गरेका थिए।
प्रदेशसभाको अर्को बैठक पुस २८ गते दिउँसो १ बजे बस्नेछ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam