बुरुन्डीमा हैजाको प्रकोप घोषणा : सडकमा पकाइएका खाद्यवस्तु बिक्रीमा रोक
एजेन्सी-बुरुन्डीमा हैजा प्रकोप घोषणा गरिएको छ । बुरुन्डीका जनस्वास्थ्य नियन्त्रण मन्त्री सिल्वी न्जेइमानाले पूर्वी अफ्रिकी देशको वाणिज्य राजधानीका रुपमा रहेको बुजुम्बुरामा हैजाको प्रकोप घोषणा गर्नुभएको हो ।
अघिल्लो महिना बुजुम्बुराको उत्तरी क्षेत्रमा पखाला र बान्ताका लक्षणहरूसहित नौ जना व्यक्तिमा हैजा पुष्टि भएको थियो । त्यसैगरी अर्को मुताकुरामा पनि केही व्यक्तिहरूमा हैजा देखिएको र सङ्क्रमणका घटनाहरू बढ्दै गएपछि रोकथामको प्रयास गरिएको थियो ।
मन्त्री न्जेइमानाका अनुसार हैजा संक्रमित घरपरिवारलाई कीटाणुरहित गर्ने, महामारी फैलिने जोखिमबारे समुदायलाई सचेत गराउने र समुदायमा रहेका अन्य हैजाका बिरामीको खोजी गर्ने काम हुँदै आएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
गएको डिसेम्बर २६ देखि ३१ सम्म बुजुम्बुरा र आसपासका क्षेत्रमा परेको पानीले शौचालय भरिएपछि निस्केको फोहोरका कारण हैजाको प्रकोप देखापरेको अनुमान छ । बुरुन्डीको स्वास्थ्य मन्त्रालयले रोगको प्रकोपपछि बुजुम्बुरामा सडकमा पकाइएको र कच्चा खाद्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam