चिसोमा विपन्नलाई कम्बल वितरण गर्दै नगर प्रमुख शाह
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले चिसो बढे संगै नगरका विपन्न जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गर्नु भएको छ । नगरको जेष्ठ नागरिक सम्मान अन्तर्गतको बार्षिक कार्यक्रम अन्तर्गत नगरका विपन्न जेष्ठ नागरिकहरुलाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको हो ।
बढ्दो चिसोका कारण जेष्ठ नागरिकहरुलाई असहज हुने हुदाँ विपन्न बर्गाका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको बताउनु भयो । शाहले नगरका करिब एक हजार बढि जेष्ठ नागरिकलाई कम्बल वितरण कार्यक्रम राखिएको बताउनु भयो । कृष्णनगर नगरपालिकाको लक्षित बर्गको लागि छुट्याइएको कार्यक्रम अन्तर्गत विपन्न बर्गका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण कार्यक्रम संचालन गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनु भयो ।
नगरपालिकको वडा नं. ८ र ९ का २ सय जना विपन्न जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको र अन्य वडाहरुमा वितरणको कार्यक्रम रहेको शर्माले बताउनु भयो । चिसो मौषमा न्यानो कम्बल पाए पछि जेष्ठ नागरिकहरु पनि खुसी एका छन । कठ्याग्रीने चिसोमा नगर प्रमुख शाहले जेष्ठ नागरिकहरुको लागि न्यानो कम्बल वितरण गरि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको स्थानियहरुले बताए ।
नगारिकहरुको सम्मान गर्दै यसरी कम्लब वितरण गरेकोमा स्थानिय ८० बर्षे मुस्तफाले नगर प्रमुख शाहले राम्रो काम गरेको भन्दै धन्यवाद दिनु भयो स्थायिन तह रहेकोले जनता संग प्रत्यक्ष सरोकार राख्ने र नागरिकले स्थानिय तहको प्रत्याभूति गर्ने किसिमको कार्यक्रम संचालन गर्दा नागरिक र स्थानिय तहको सम्बन्ध अझ बलियो बन्न सक्छ ।
कार्यक्रममा नगर उप प्रमुख आरतिदेवि चौधरी, वडा नं. ८ का वडा अध्यक्ष नुर मोहम्द मुसलमान वडा नं. ९ का वडा अध्यक्ष सतिस कुमार निगम नगरपालिका योजना शाखा अधिकृत शाकिर अहमद खाँ लगायतको सहभागिता रहेको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam