स्ववियु चुनावकाे मिति तत्काल तोक्न प्रधानमन्त्रीसँग माग
काठमाडौं : अनेरास्ववियु केन्द्रीय कमिटीले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन मिति यथाशक्य चाँडो घोषणा गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बनको निर्देशन दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएको छ।
शुक्रबार प्रधानमन्त्रीलाई भेटेर कमिटीले यस्तो मागसहित ज्ञापनपत्र बुझाएको हो। त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियनको अद्यावधिक निर्वाचन नहुँदा विश्वविद्यालयमा प्रशासनको मनोमानी व्याप्त रहेको कमिटीको ठहर छ।
अनेरास्ववियुले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत्र ५ गते निर्वाचन गर्ने प्रस्तावको स्वागत पनि गरेको छ। कमिटीका अध्यक्ष सुदेश पराजुलीले पूर्ण समानुपातिक स्ववियु निर्वाचन सन्दर्भमा विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर निर्देशन दिने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएको जानकारी दिए।
स्ववियु निर्वाचन १४ वर्षदेखि नियमित हुन सकेको छैन।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam