‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने कारागार चलान
दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
सोमबार थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो।
जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो। सिंहका दुईवटा नागरिकता भएको समेत भएको खुलेको छ।
हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । ती मध्ये तुलसीपुर १८ ग्वारखोला निवासी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ। उनलाई अदालतले एकलाख रुपैँया धरौटी तोकेको थियो। धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो।
आपराधिक लाभ मुद्दा चलाइएका घोराही १० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने एक लाख धरौटीमा छुटेका छन्। प्रहरीले तीनैजनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो।
‘ब्ल्याकमेल’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिँदै उनीहरूले एक पुरुषसँग उनीहरूले पाँच करोड रुपैयाँ माग गरेका थिए। उनीहरूले यसअघि पटक–पटक गरी ३० लाख रुपैयाँ लगेका थिए। पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई स्कुटरको लाइसेन्स र दुईवटा नागरिकता बनाउन सहयोग गरेको समेत खुलेको छ।
पीडित भनिएका तुलसीपुरक ती पुरुष प्रेम खड्कालाई पनि सरकारी कागज कीर्ते गरेको भन्दै मुद्दा चलाइएको छ। उनलाई भने साधारण तारेखमा छोडिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam