श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमती पक्राउ
पाल्पा : श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती र आमालाई ज्यान मार्ने धम्की छोरालाई प्रहरीले पक्राउ गरेको छ।
श्रीमानलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाइ ज्यान मार्ने धम्की दिने तानसेन–७, की प्रियङ्का थापालाई प्रहरीले पक्राउ गरेको हो।
प्रियङ्काले आफ्नै ३० वर्षका श्रीमान् शेरजङ्ग थापालाई गत २०७९ पुस १७ गते पेटमा चक्कु प्रहार गरी ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट श्रीमान् शेरजङ्ग गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
यसैगरी, धारिलो हतियार देखाएर आमालाई ज्यान मार्ने धम्की दिने रिव्दीकोट ३ का २४ वर्षीय हिराबहादुर दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ। दर्लामीले आमा चित्रकुमारीलाई धारिलो हतियार तरबार देखाएर काट्ने धम्की दिएको प्रहरीले जनाएको छ।
धम्की दिने छोरालाई पक्राउ गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam