कपिलवस्तुमा थप ७७ जना कोरना संक्रमित, संक्रमित संख्या २६५ पुग्यो

कपिलवस्तु ।

कपिलवस्तुमा कोभिड १९ थप ७७ जना पोजेटिभ पुष्टि छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ ।

जसअनुसार संक्रमितहरु महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन । यस्तै,  कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन ।

यशोधरा गाउँपालिकाका १६ देखी ४८ बर्षसम्मका २६ पुरुष र २५,१९ बर्षका महिला २ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

TOP