मधेश प्रदेश सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी
जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल राय गरी दुईजनाको उम्मेदवारी परेको छ।
माओवादीको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमत सहित सत्तारुढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन्।
मण्डलका प्रस्तावकमा माओवादीका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका रामआशिष यादव, जनमतका महेश प्रस्ताव यादव रहेका छन् भने रायका प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहेका छन्।
सभामुखमा सत्तारुढका उम्मेदवार मण्डलले आफूसँग पाँच दल एमाले, जसपा, लोसपा, जनमत र माओवादी गरी कुल ७० सांसदको समर्थन रहेको बताए।
सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले भने राजनीतिमा सधै जितका लागि मात्र उम्मेदवारी नहुने भन्दै हारमा पनि राजनीति र शक्ति हुने बताएको छ। २ गते सभामुख चुनिने कार्यतालिका रहेकाले दुई दिनमा जे पनि हुन सक्ने उनीहरूको तर्क छ।
माघ २ गते सभामुख चयनको कार्यतालिकाका साथै मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिका समेत रहेको प्रदेशसभा सचिवालयले सचिव रञ्जित यादवले बताए।
राजनीतिमा कुनै उथलपुथल नभए सत्तारुढ गठबन्धनका उम्मेदवार मण्डल सभामुख चुनिने निश्चितप्रायः छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam