श्रीमान्को मृत्युपछि पाइलट पढेकी थिइन् अन्जुले..
विराटनगर : ‘उहाँका श्रीमान् पनि पाइलट नै हुनुहुन्थ्यो, दुर्घटनामा परेर ज्यान गुमाउनुभएको थियो’, यती एयरलाइन्सकी को-पाइलट अन्जु खतिवडाका परिवार नजिकका सन्तोस तिम्सिनाले बताए।
पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानचालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल केसी र को-पाइलट विराटनगर-५ की अन्जु खतिवडाले उडाएका थिए। अन्जुका श्रीमान् दीपक पोखरेल पनि यती एयरलाइन्सका को–पाइलट नै थिए।
उनका श्रीमान् सन २००६ मा सुर्खेत जुम्लाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएको सुमनले बताए।
उनका अनुसार श्रीमान्को मृत्युपछि अन्जु पनि पाइलट कोर्स गरेर करिब ७ वर्षदेखि यती एयरलायन्समा कार्यरत थिइन्। को-पाइलट खतिवडाका एक छोरा र एक छोरी गरी दुई सन्तान रहेको तिम्सिनाले जानकारी दिए।
वायुयानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा को-पाइलट खतिवडा थिइन्। को-पाइलट अन्जु जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी अन्जुले भारतबाट प्लस टु गरेकी थिइन्।
विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार श्रीमानको निधनपछि नै अन्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।
अन्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेको यती एयरलायन्सले जनाएको छ।
पाइलट बन्ने सपना दुर्घटनासँगै विलीन भयो
अन्जुसँगै जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। आजै प्रशिक्षक केसीले अन्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराएका थिए तर उनले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने उडान दुर्घटनामा परेसँगै उनको सपना अधुरो भयो।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam