सल्यानमा ८ वर्षीय बालकको हत्या
थाहा संवाददाता
|
२ घण्टा अघि
अ अ अ
सल्यान : सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आइतबार दिउँसो पुरीले बालकको हत्या गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हत्या गर्ने पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपालप्रसाद श्रेष्ठले जानकारी दिए।
स्थानीयले भने पुरी मानसिक रूपमा ठिक नभएको र विगत केही महिनादेखि औषधि सेवन गरिरहेको जनाएका छन्। पुरीको मानसिक अवस्था ठिक भए‚ नभएको उनको स्वास्थ्य परीक्षण पछि मात्र थाहा हुने श्रेष्ठको भनाइ छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam