अयोध्या लैजाने शिला उत्खननस्थलमा क्षमापूजा
काठमाडौँ : भारतको अयोध्यामा निर्माण हुनलागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शिला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ।
बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिकविधि अनुसार क्षमापूजा गरेका हुन्।
क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायत उपस्थित थिए।
क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधीश रामतपश्वेर दासमार्फत अयोध्याको रामलला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतीकस्वरूप तीन शालग्राम हस्तान्तरण गरेका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam