भुटनिज् युथ स्पोर्टसले जित्यो बागमती गोल्डकप
फापरबारी : पाँचौं संस्करणको बागमती गोल्डकप फुटबलको उपाधि भुटनिज् युथ स्पोर्टस अमेरिकाले जितेको छ।
मकवानपुरको फापरबारीमा मंगलबार भएको फाइनल खेलमा संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ८–७ गोल अन्तरले पराजित गर्दै भुटनिज् युथले उपाधि उचालेको हो।
जितसँगै भुटनिज्ले आहा रारा गोल्डकपमा संकटासँग भोगेको हारको बदलासमेत लिएको छ। निर्धारित समयमा दुवै टोली २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
दुवै टोलीका ७/७ जनाले गोल गरिसकेको अवस्थामा आठौं नम्बरमा पेनाल्टी प्रहार गर्न आएका संकटाका सुरज ज्यु ठकूरीको प्रहार भुटनिजका गोलरक्षक पूजन थापा मगरले रोकेपछि संकटालाई थप दबाब भएको थियो।
भुटनिज युथका लागि अन्तिम पेनाल्टी प्रहार गर्न आएका भुटनिजका कप्तानसमेत रहेका पूजन थापा मगरले उत्कृष्ट गोल गर्दै भुटनिज् युथलाई ८–७ को स्पष्ट जित दिलाए। जितसँगै भुटनिज् युथले नगद ८ लाख रूपैयाँ पाएको छ। उपविजेता बनेको संकटाले ४ लाख रूपैयाँमा चित्त बुझाएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam