गैर राजनीतिक व्यक्ति राष्ट्रपति हुनु दलहरूको आफैँमाथि अविश्वास हो : सुवाष नेम्वाङ
काठमाडौं : नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरूले आफैँमाथि अविश्वास गर्नु भएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने पनि बताए। नेकपा एमालेबाट राष्ट्रपति बन्ने चर्चामा उनको नाम अघि आएको छ।
उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने दावी गरे। उनले राष्ट्रपति बन्न अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताए। उनले प्रतिनिधिसभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए।
उनले भने, ‘आजको प्रतिष्पर्धा सहमतिको प्रतिष्पर्धा हो। लोकतन्त्रको विधि, प्रक्रियाअनुसारको प्रतिष्पर्धा हो। सभामुखले अब हामीले विश्वास गरेको जस्तो गरेर सबैको विश्वास जितेर काम गर्नुपर्छ। मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ। जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ। बन्नुहोस् भन्ने आग्रह छ, पार्टीले के निर्णय गर्छ हेरौँ। गैर राजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरूले आफैँमाथि गरेको अविश्वास हो। राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ। जुन सक्षम व्यक्तिले संविधानले कल्पना गरेको जस्तो काम गर्न सकोस्।’
सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताए।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam