‘बोतल र जर्किनमा भरेर पेट्रोलियम पदार्थ नबेच्नू’
काठमाडौं : नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।
काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेको हुनाले यसलाई रोक लगाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ।
जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam