‘कांग्रेसले देशको बारेमा कहिल्यै सोचेन’
काठमाडौं : सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उनको दाबी थियो। बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफू सरकारमा सहभागी भए भइगो नि भन्ने एउटा मात्रै सूत्र लिएर हिँडने गर्नेसमेत बताए।
कांग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास भनेको आफ्नो विकास मात्रै भएको उनले तर्क गरे। अध्यक्ष ओलीले भने, ‘देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठानेन। नेपाली कांग्रेसको एउटा मात्रै सूत्र छ–आफू सरकारमा हुनुपर्छ भइगो नि। त्यही हो लोकतन्त्र। त्यही हो विकास। नेपाली कांग्रेसको सरकार। देशमा लोकतन्त्र, देशमा विकास। त्यही हो। यदि देशमा सरकार काँग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भएपनि केही छैन। विकास हुनुपर्नेको भएकै छ। त्यही हो विकास। यस्तोमा बोल्न नसक्ने अभिसप्त एउटा जमात हुन्छ।’
अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको पनि पटकपटक दोहोर्याए। उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष ओलीले केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरुको राजनीति टिकाउ नहुने धारणासमेत राखे। मौसमी खालका कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायी रुपमा रहन नसक्ने उनले बताए।
ओलीले भने, ‘यो पार्टी दलबल गरेर केही प्राप्त गर्ने, प्राप्त गरेको चिजलाई बाँडीचुँडी खाने, मिलिजुली खाने यस्तो पार्टी होइन। यो दलबल गर्ने यस्तो चिज होइन। विचार, उद्देश्यमा संगठित हुने हो। हामी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्ने, त्यसलाई गन्तव्य बनाउने हाम्रो जुन उद्देश्य छ। त्यसमा केन्द्रित हुन्छौं हामी। त्यसमा एकीकृत हुन्छौ हामी। त्यसका निम्ति काम गछौं हामी। र, हाम्रा निम्ति वैयक्तिक प्रश्नहरु गौण हुन्छन। वैयक्तिक प्रश्नहरुले संगठनलाई, आन्दोलनलाई कहिल्यै पनि अश्वस्थ हुन दिनु हुँदैन। तसर्थ, हामीले अरु पार्टी के का लागि खुलेका हुन ? कति वटा पार्टीलाई के का खुलेका हुन भन्ने नै थाहा हुँदैन। केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्न, गन्तव्य के हो त त्यो गन्तव्य हुँदैन। सामाजिक असन्तुष्टिलाई उपयोग गर्ने। समाजमा असन्तुष्टि बढयो। त्यसकारण त्यसलाई उपयोग गरेर जाने। कोही एउटा मौसमी खालका कुराहरुबाट ह्वात्त आउने। यस्ता कुराहरु राजनीतिमा देखा पर्छन। तर ती स्थायी हुँदैनन्।’
अध्यक्ष ओलीले सत्यसँग नलड्न र जालझेलको राजनीति नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam