ऋणको तनावले आत्महत्या गरेका रामदेवको ऋण जनप्रतिनिधिले तिरिदिने
काठमाडौं : सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रामपुरमा मृत भेटिएका ४५ वर्षीय रामदेव मरिक डोमको ऋण गाउँपालिका सदस्यले पाउने सरकारी तलब भत्ताबाट तिरिने भएको छ।
शनिबार बसेको गाउँपालिकाको बैठकले डोमको करिब तीन लाख रुपैयाँ गाउँपालिका सदस्यको तलब भत्ताबाट उठाएर तिर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।
चौधरीका अनुसार मृतक डोमका दुइ छोरा र एक छोरी छन्। जेठा छोरालाई उनको योग्यताअनुसार जागिर उपलब्ध गराउने गाउँपालिकाको निर्णय भएको चौधरीले जानकारी दिए।
शनिबार गाउँपालिकाले डोमको किरिया खर्चबापत् ११ हजार नगद र विभिन्न खाद्य सामग्रीसमेत उपलब्ध गराएको चौधरीले बताए।
गत माघ १० गते डोम घरनजिकै झुण्डिएको अवस्थामा फेला परेका थिए। ‘हामीले बुझ्दा उहाँको बैंकमा डेढ लाख र छरछिमेकसँग करिब डेढ लाख रुपैयाँ ऋण रहेछ’, अध्यक्ष चौधरीले भने, ‘ ऋणको तनावले पनि उहाँलाई मानसिक रुपमा विक्षिप्त बनाएको रहेछ। यसकारण मृतक डोमको पारिवारिक अवस्था हेरेर नै हामीले ऋण तिरिदिने निर्णय गरेका हौं।’
पालिकाले आफ्ना क्षेत्रमा रहेका सबै वितीय संस्थाहरूलाई आइतबार बोलाई छलफल गर्ने कार्यक्रम पनि राखेको चौधरीले बताए।
‘वित्तीय संस्थाले मानसिक तनाव दिने गरेको विषयमा भोलि हामी उनीहरूसँगै बसेर कुराकानी गर्छौ’,उनले भने।
पछिल्लो क्रममा बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्ने क्रम बढेपछि पालिकाले आफ्नो क्षेत्रका सबै घरधुरीको पारिवारिक र आर्थिक अवस्थाको डाटा संकलन सुरू गर्ने पनि चौधरीले थाहाखबरलाई जानकारी दिए।
‘हाम्रो पालिकामा ३५ हजार जनसंख्या छ। त्यसमा करिब ८ हजार घरधुरी रहेका छन् जसमा १ हजार ६ सय ४३ अति विपन्न दलित घरधुरी रहेका छन्’, उनले भने, ‘अब हामीले ती सबैको आर्थिक र पारिवारिक अवस्थाको डाटा संकलन गरेर डोमकै जस्तो घटना दोहोरिन नदिन कार्यक्रम अगाडि बढाउँछौं।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam