५५ बोरा मल बरामद
चन्द्रौटा : कपिलवस्तुको मायादेवी गाउँपालिका ३ बिचौवापुरबाट ५५ बोरा मलसहित एक ट्याक्टर पक्राउ परेको छ।
शनिवार बिहान सवा १० बजे नम्बर नभएको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताइन्। सरकारी अनुदानको मल अवैध रूपमा ओसारपसार भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शङ्कास्पद देखिएको बोहराले जानकारी दिइन्। पक्राउ पर्नेको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ। प्रहरीले त्यस विषयमा थप अनुसन्धान शुरु गरेको बताएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam