प्रधानमन्त्रीले ल्याए तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने नियम

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा तोकिएको समयमा उपस्थित हुने नियम लागू गरेका छन्। स्वयं आफैं वा मन्त्रीहरू बैठकमा ढिलो उपस्थित हुने परिपाटी तोड्दै प्रधानमन्त्री प्रचण्डले तोकिएको समयमा उपस्थित हुने नियम ल्याएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार राष्ट्रिय शहीद तथा बेपत्ता स्मारक उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जति वेला भन्यो त्यति वेलै आउनुपर्ने नियम लागू गरेकाले आफू पनि समयमा उपस्थित हुने भन्दै कार्यक्रमबाट बाहिरिए।

उनले भने, ‘मैले धेरै लामो बोल्न सक्ने स्थिति छैन। ४ बजेदेखि क्याबिनेट छ। मैले क्याबिनेटमा के नियम बनाएको छु भने अब कसैले ढिलो गर्नै हुँदैन। ठीक टाइममा‚ जतिवेला भन्यो त्यतिवेलै आउनुपर्ने भनेको छु मैले नै। त्यसैले म क्याबिनेटमा जानु छ।’

TOP