सत्ता साझेदारी नटुटोस् भन्नेतिर मेरो कोसिस छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदारी नटुटोस् भनेर आफूले कोशिश गरिरहेको बताएका छन्।
मंगलबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ताबाट बाहिरिने चतावनी दिएको विषयमा लक्षित गर्दै गठबन्धन टुट्न नदिन आफूले कोसिस गरिरहेको बताएका हुन्।
गृह मन्त्रालय नपाए राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्छु भनेको छ नि ?’ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म इंगेज भइराख्ने, हाम्रो यो (सत्ता साझेदारी) नटुटोस् भन्नेतिर मेरो कोसिस छ।’
प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठकमा गृह मन्त्रालयको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फैसलाको पूर्णपाठ कुरिरहेको बताएका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam