कपडा उद्योगबाट ११ केजीभन्दा बढी लागुऔषधसहित ४ जना पक्राउ
धनगढी : धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। मंगलवार बिहान धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजीभन्दा बढी लागुऔषधसहित ४ जनालाई समातिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका-२ स्थायी घर भएका उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले सञ्चालन गरेको उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषध बरामद गरिएको हो।
जिप्रका कैलालीको टोलीले उद्योग सञ्चालक धामीसहित दार्चुलाको नौँगाड-२ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ केदारस्यु-७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक-२ घर भई कैलालीको बर्दगोरिया-४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो।
उनीहरूबाट १ थान डिजिटल काँटा पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam