रविविरुद्ध अर्को उजुरी दर्ता : नागरिकतापछि दोहोरो राहदानी
रवि लामिछानेविरूद्ध दोहोरो राहदानी लिएको आरोपमा उजुरी परेको छ । अध्यागमन ऐन,२०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज सफलले अध्यागमन विभागका महानिर्देशकसमक्ष आज उजुरी दर्ता गरेका हुन् ।
युवराजले ‘अध्यागमन ऐन,२०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन लागेको छ भने तहकिकात र कारबाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ विपरीतको दण्डनीय कार्य गर्ने रवि लामिछानेलाई अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम हदैसम्मको सजाय गरी पाऊँ ।’
उनले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट माघ १३ गते भएको फैसलाअनुसार लामिछानेमाथि छानबिन गर्नेसम्बन्धमा सम्बन्धित निकायले कसरी छानबिन गरिरहेको छ भन्ने जानकारीसमेत पाऊँ भनेका छन् ।
लामिछानेले आफू अमेरिकी नागरिक भएको समयमा पनि नेपाली नागरिकले मात्रै प्राप्त गर्नसक्ने नेपाली राहदानी प्राप्त गरेर प्रयोग गरेको अवस्थामा कानुनद्वारा बर्जित र दण्डनीय रहेको सफलको जिकीर छ । उक्त कार्य अध्यागमन ऐनको दफा ५ विपरीत भई दफा १० अन्तर्गत दण्डनीय भएकाले सो ऐनको दफा ८ बमोजिम तत्काल र शक्तिशाली व्यक्ति भन्दै कुनै पनि मोलाहिजा नगरी छानबिन र कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
सफलले लेखेका छन्, ‘निज रवि लामिछानेलाई कानुनको दायराभित्र ल्याउने कर्तव्य यहाँले पूरा गर्नु हुनेछ भनी जानकारी दिन चाहन्छु ।’
रविले सर्वोच्चको आदेशपछि अस्ति आइतबार प्रक्रिया पूरा गरेर नेपाली नागरिकता प्राप्त गरेका छन् । सोही दिन उनले आफूसँग रहेको अवैध राहदानी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर बुझाएका थिए । पुनः नागरिकता लिएको र राहदानी बुझाएको घटनाले उनले दोहोरो नागरिकता र राहदानीको दुरुपयोग गरेको देखिन आएको हो
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam