हिरासतबाट भागेका दुई थुनुवा पक्राउ
काठमाडौं : धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका ६ जना थुनुवामध्ये २ जना प्रक्राउ परेका छन्।
हिजो धनुषाका अमित मण्डललाई पक्राउ गरेको धनुषा प्रहरीले आज विहान थप एक जनालाई पक्राउ गरेको हो। आज विहान कुटपिट मुद्दाका फरार थुनुवा हरदिप सिंहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।
गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा सुरुङ खनेर भागेका थिए। त्यहाँ कार्यरत प्रहरीको लापरबाही भएको तीन प्रहरी निलम्बनमा परेका छन्। अन्य ४ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam