आफ्नो सांसद पक्राउ परेपछि रन्जिताले लेखिन्- सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ!
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेसँगै अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले थारूहरूलाई मात्र किन अपराधी देख्छ? भनेर आक्रोश व्यक्त गरेकी छन्।
फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बाँकेमा बिहीबार पक्राउ परिसकेका छन्। आफ्ना सांसद पक्राउ परेसँगै अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधी थारूहरूलाई मात्र देख्ने सरकार तिमीलाई हाम्रो समर्थन चाहिँदैन रहेछ!’
नाउपाले केन्द्रमा र सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन गरेको छ। यद्यपि, सरकारमा सहभागी भने भएको छैन। सुदूरपश्चिम प्रदेशमा नाउपाको निर्णायक मत रहेको छ।
पक्राउ परेका चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए। त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा सदस्य बनेका हुन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam